काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुर्दा बाबु छोरीको मृत्यु
फाइल फोटो

काठमाडौं : तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ।

तारकेश्वर-५ चो गाउँमा गए राति आएको पहिरोले नुवाकोट सामरी घर भई हाल तारकेश्वर स्थित चो गाउँमा भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलका अनुसार गए राति घरमाथिबाट खसेको पहिरोले उनीहरु भाडामा बस्दै आएको घर (टहरो) पुरिएको हो।

सोही घटनामा परी आमा सञ्जु तामाङ घाइते भएको र उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ।

साउन २१, २०८० आइतबार ११:१०:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।