सर्लाहीको मलंगवामा बेवारिसे अवस्थामा युवकको शव फेला

सर्लाहीको मलंगवामा बेवारिसे अवस्थामा युवकको शव फेला

लालबन्दी : सर्लाहीको मलंगवास्थित एक विद्यालयमा एक युवकको बेवारिसे शव फेला परेको छ। 

मलंगवा नगरपालिका वडा नं ९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवक मृत फेला परेका हुन्। 

विद्यालय भवनको बरन्डामा आज बिहान स्थानीयले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेर मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ। 

शवमा कुनै प्रकारको घाउचोट नदेखिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

साउन २१, २०८० आइतबार १०:१४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।