माओवादी केन्द्रीय कमिटी बैठक आज सकिँदै, प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रीय कमिटी बैठक आज सकिँदै, प्रचण्डले जवाफ दिने

काठमाडौँ : साउन १७ गतेदेखि जारी नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सकिँदै छ।

कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा चार दिनसम्म २२१ जनाले धारणा राखेका छन्। 

आजको बैठकमा थप सदस्यहरूले धारणा राखेपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिनेछन्। दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ। त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम छ। 

बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन्।

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन्।

यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्याएको छ।

बैठकमा ‘प्रचण्ड’ले पेस गरेको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं संगाठनात्मक प्रस्तावमाथि धारणा राखेका थिए। उनले सरकारबाट राम्रो कामको थालनी भएको र यसमा सबैको साथ र समर्थन जरुरी रहेको बताएका थिए।

माओवादी बैठक : जनार्दनको गुनासो, वर्षमानको प्रशंसा

साउन २१, २०८० आइतबार ०८:२२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।