परिवारलाई साढे २७ लाख दिएपछि उठ्यो गर्भतपन गराउँदा मृत्यु भएकी महिलाको शव

परिवारलाई साढे २७ लाख दिएपछि उठ्यो गर्भतपन गराउँदा मृत्यु भएकी महिलाको शव

काठमाडौं : चितवनको मनकामना अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि परिवारलाई क्षतिपूर्ति दिइएको छ।

अस्पतालले २७ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएपछि परिवारले मृतकको शव उठाएका छन्। भरतपुर महानगरपालिका वडा नं २६ की ३५ वर्षीया नवीना महतोको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको थियो।

मृतकका पति मणिकलाल महतोका अनुसार गत बिहीबार अनिच्छित गर्भपतनका लागि अस्पताल ल्याइएको थियो। अत्यधिक रक्तश्रावका कारण उनको गए राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको थियो।

मृतकका आफन्तले अस्पतालले गल्ती स्वीकार गर्नुपर्ने बताउँदै आएका थिए। सहमतिपछि अस्पतालले शनिबार नै २७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ। वार्तामा सहभागी अस्पतालका चिकित्सकका अनुसार सहमतिपछि परिवारले शव उठाएका हुन्।

नवीनाको मृत्युपछि शनिबार बिहानैबाट मृतकका आफन्तले अस्पताल घेराउ गरेका थिए। उच्च रक्तश्रावपछि शल्यक्रिया गरेर पाठेघर झिकिएको भए पनि बचाउन नसकिएको हो। परिवारले पाँच वर्षकी छोरीको पढाइका लागि रकम माग गरेपछि अस्पतालले सो रकम दिएको हो।

साउन २०, २०८० शनिबार २२:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।