२० दिनमा ८० नेपाली विमानस्थलबाटै फर्काइए, सबैभन्दा बढी जापानबाट

२० दिनमा ८० नेपाली विमानस्थलबाटै फर्काइए, सबैभन्दा बढी जापानबाट

काठमाडौं : चालु आर्थिक वर्षमा वैदेशिक रोजगारी र घुमघामका लागि विभिन्न देश गएका ८० नेपालीलाई ती देशको विमास्थलबाटै फर्काइएको छ।

साउन १ गतेदेखि २० गतेसम्मको अवधिमा रोजगारी र भ्रमणका लागि १६ देश गएका उनीहरूलाई सम्बन्धित देशको विमानस्थलबाटै फर्काइएको अध्यागमन विभागले जनाएको छ।

यस्तोमा सबैभन्दा बढी जापानबाट फर्काइएकाहरू छन्। २० दिनको अवधिमा जापानबाट मात्र १३ जनालार्ई फर्काइएको छ। यस्तै रसियाबाट ११ जना, भारतबाट १० जना, युएईबाट ८ जनालाई फर्काइएको हो।

त्यसैगरी, दक्षिण कोरियाबाट ७ जना, रोमानियाबाट ६ जना, मलेसियाबाट ५ जना, कुवेतबाट ४ जना, न्युजिल्याण्ड र सिंगापुरबाट ३–३ जना, अजरबैजान, पोल्याण्ड, कतार र बेलायतबाट २–२ जना तथा थाइल्याण्ड र कम्बोडियाबाट १–१ जनालाई विमानस्थलबाटै फर्काइएको हो।

उनीहरूलाई ती देशमा प्रवेश गर्ने क्रममा नाम मिस म्याच भएर, उक्त देशको अध्यागमन नियम नजानेर, भ्रमणको उद्देश्य प्रष्ट पार्न नसकेर, पासपोर्ट वा भिसामा सामान्य त्रुटि भएर, शंकास्पद यात्रा गरेको देखिएर र सम्बन्धित देशमा ब्ल्याकलिस्टेड (दोस्रो पटक जाँदा) भएका कारण फर्काइएको हो।

साउन २०, २०८० शनिबार १८:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।