प्रशिक्षणका लागि क्यानले छ खेलाडीलाई दिल्ली पठाउने

प्रशिक्षणका लागि क्यानले छ खेलाडीलाई दिल्ली पठाउने

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले छ खेलाडीलाई एक महिना लामो प्रशिक्षणका लागि भारतको दिल्ली पठाउने भएको छ।

शनिबार क्यानले यसको जानकारी दिँदै खेलाडीको नामसमेत सार्वजनिक गरेको छ। क्यानले कमलसिंह ऐरी, विनोद भण्डारी, विवेक यादव, कमल खत्री, सागर ढकाल र लोकश बमलाई दिल्ली पठाउन लागेको हो।

उनीहरू प्रदीप साहुको निर्देशनमा टेलर-मेड प्रशिक्षणमा हुनेछन् भने मुख्य प्रशिक्षक मोन्टी देसाईले त्यसको निरीक्षण गर्नेछन्।

साउन २०, २०८० शनिबार १७:५३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।