घरैबाट पक्राउ परेका इमरान खानलाई तीन वर्ष जेल सजाय, आगामी चुनाव लड्न नपाउने

घरैबाट पक्राउ परेका इमरान खानलाई तीन वर्ष जेल सजाय, आगामी चुनाव लड्न नपाउने

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा दोषी ठहर भएका छन्। 

इस्लामावाद ट्रायल कोर्टले इमरानलाई भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना लगाएको हो। 

सजायको घोषणापछि इस्लामावाद प्रहरीले इमरानलाई लाहोरबाट पक्राउ गरेको बताएको थियो। 

लाहोर प्रहरीले खानलाई जमान पार्कस्थित उनको घरैबाट पक्राउ गरेको जनाएको छ। साथै उनले आगामी ५ वर्ष चुनाव लड्न पाउने छैनन्। 

इमरानको पार्टी पीटीआईका अनुसार खानलाई लाहोरको कोट लखपत जेलमा लगिएको छ। फैसलाको समयमा अदालतले भनेको छ, 'पीटीआई अध्यक्ष इमरानले तोशाखाना मुद्दामा पाकिस्तानको निर्वाचन आयोगलाई गलत जानकारी दिएका थिए। उनी भ्रष्टाचारमा संलग्न थिए।'

शनिबारको सुनुवाइपछि अदालतले दिउँसो १२ः३० बजेसम्मको फैसला रिजर्व गरेको थियो। 

पक्राउ परेपछि इमरानले आफ्नो एउटा भिडियो ट्वीट गरेका छन्। जसमा खानले आफूलाई गिरफ्तारीबारेमा पहिल्यै जानकारी भएको बताएका छन्। खानले आफू देश बचाउन लडिरहेको बताएका छन्।

साउन २०, २०८० शनिबार १७:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।