बास्कोटाले भने- फाइनल्ली सिन्धुपाल्चोकमा एमाले एक भयो

बास्कोटाले भने- फाइनल्ली सिन्धुपाल्चोकमा एमाले एक भयो

काठमाडौं : एमाले पोलिटब्यूरो सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज गोकुलप्रसाद बास्कोटाले सिन्धुपाल्चोकमा एमाले एक भएको दाबी गरेका छन्।

शनिबार सिन्धुपाल्चोकमा एका कार्यक्रमका बीच एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहितका नेता कार्यकर्ता एमालेमा समाहित भएपछि बास्कोटाको यस्तो अभिव्यक्ति आएको हो।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘र, फाइनल्ली सिन्धुपाल्चोकमा एमाले एक भयो। समाजवादी पसलका सबै जसो पिल्लर एमालेमै समाहित बचेखुचेका साथीहरू क्रमशःआउने अपेक्षा छ। सुभाष कर्माचार्य लगायतका साथीहरूलाई बधाई।’

बास्कोटा पछिल्लो केही दिनदेखि कर्माचार्य लगायतका नेता तथा कार्यकर्तार्ला एमालेमा ल्याउन लागिपरिरहेका थिए। एमालेको कार्यक्रममा जाँदासमेत बास्कोटा उनै कर्माचार्यकै होटलमा बस्ने गरेका थिए।

शनिबार पार्टी महासचिव शंकर पोखरेल लगायतले कर्माचार्य लगायतका १ सय जना नेता तथा कार्यकर्तालाई पार्टीमा समाहित गरेका हुन्।

साउन २०, २०८० शनिबार १७:२७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।