भतिजा र भान्जा मिलेर हत्या, गाडिएको अवस्थामा भेटियो शव

भतिजा र भान्जा मिलेर हत्या, गाडिएको अवस्थामा भेटियो शव

कञ्चनपुर : जिल्लाको कृष्णपुर नगरपालिका-२ बाणी नवदुर्गा टोल बस्ने ३५ वर्षीय कुवेर दमाई (हले)को हत्या भएको छ।

घरायसी विवादका क्रममा भतिज नाता पर्ने २२ वर्षीय अजय दमाई र भान्जा नाता पर्ने २८ वर्षीय हरिश दमाईले कुवेरको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनामा संलग्न रहेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

सोमबारदेखि बेपत्ता कुवेरको कृष्णपुर नगरपालिका-२ बाणी बन्द नदीको बगरमा बिहीबार गाडिएको अवस्थामा शव फेला परेको थियो।

सोमबार राति बन्द नदीको बगरमा उनीहरूबीच विवाद भएको र विवादको क्रममा कुवेरलाई दुवै जनाले कुटपिट गर्नुका साथै ढुंगा समेत प्रहार गरी हत्या गरी सोही स्थानमा खाडल खनि पुरेको  प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाइ छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

साउन २०, २०८० शनिबार १६:४३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।