बाेहोराटारमा राष्ट्रपति : घर हेरे, बगैँचामा टहलिए अनि फर्किए

बाेहोराटारमा राष्ट्रपति : घर हेरे, बगैँचामा टहलिए अनि फर्किए

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल निजी निवास बोहोराटार गएका छन्।

राष्ट्रपतिको पद बहाली गरेपछि उनी पहिलोपटक शनिबार बिहान निजी निवास बोहोराटार पुगेका हुन्।

पौडेलले घरको अवस्था हेरे, बगैँचामा टहलिए अनि केहीबेर बसेर फर्किए।

गत वर्ष फागुन २५ गते भएको राष्ट्रपतिको निर्वाचनमा उनी २५ हजार ३१८ मतभारतसहित राष्ट्रपतिमा निर्वाचित भएका थिए।

त्यसको चार दिनपछि फागुन २९ गते शपथसँगै पदभार ग्रहण गरेका थिए। सोही दिन शीतल निवास सरेका उनी त्यसपछि निजी निवास गएका थिएनन्।

साउन २०, २०८० शनिबार १५:४७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।