पाकिस्तानी पूर्वप्रधानमन्त्री खान घरबाटै पक्राउ

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान घरबाटै पक्राउ

एजेन्सी : पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्री खानलाई तोशाखाना भ्रष्टाचार प्रकरणमा अदालतले दोषी ठहर गरेपछि प्रहरीले लाहोरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो।

उनलाई इस्लामावादको एक अदालतले तोशाखानाबाट गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको हो।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार यो फैसलासँगै उनी आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन्।

खानको पार्टी पीटीआईले फैसला पक्षपातपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने जनाएको छ।

साउन २०, २०८० शनिबार १४:४९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।