निर्मल पुर्जाको विश्व कीर्तिमान भङ्ग गरेका आरोहीलाई भव्य स्वागत

निर्मल पुर्जाको विश्व कीर्तिमान भङ्ग गरेका आरोहीलाई भव्य स्वागत

काठमाडौँ : तीन महिनामा १४ हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका दुई पर्वतारोही काठमाडौँ आए। यो नयाँ रेकर्डसँगै निर्मल पुर्जाको आरोहणको विश्वकिर्तिमान भङ्ग भएको छ।

शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा)लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदा दुवैको भव्य स्वागत गरियो।

शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनासलु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम-२, गाशरब्रम-१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरेका थिए।

उनीहरूलाई स्वागत गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए।

साउन २०, २०८० शनिबार १४:४७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।