त्रिभुवन विमानस्थलबाट महिलाले ५० ग्रामसम्म सुनका गहना ल्याउने पाउने, पुरुषले कति?

त्रिभुवन विमानस्थलबाट महिलाले ५० ग्रामसम्म सुनका गहना ल्याउने पाउने, पुरुषले कति?

काठमाडौं : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट फर्कने यात्रुले ल्याउनपाउने सुनका गहना, मोबाइल र टेलिभिजनबारे सूचना निकालेको छ।

शुक्रबार निकालेको सूचनाअनुसार विदेशबाट फर्कने महिला यात्रुले ५० ग्रामसम्म र पुरुषले २५ ग्रामसम्मको सुन ल्याउँदा भन्सार लाग्दैन। यद्यपि २०० ग्रामसम्म सुन भने भन्सार तिरेर ल्याउन पाइने व्यवस्था छ।

गहनाको आकार मात्र दिएर बनाइएका बेरुवा अौठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नभएका गहनाको मान्यता नहुने भन्सार कार्यालयले स्पष्ट पारेको छ।

मोबाइलको हकमा आफूले प्रयोग गरिरहेको ल्याउँदा भन्सार लाग्दैन भने श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी काम गरेका यात्रुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउँछन्।

यस्तै, टेलिभिजनको हकमा श्रम स्वीकृति लिइ लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा आवद्ध भएका नेपाली यात्रुले जुनसुकै आकार प्रकारको टेलिभिजन ल्याउँदा भन्सार तिर्नुपर्दैन।

यदि सामाजिक सुरक्षा कोषमा आवद्ध नभएको अवस्थामा भने यात्रुले ३२ इन्चसम्मको टिभी मात्र भन्सार नतिरी ल्याउन पाउँछ।

साउन २०, २०८० शनिबार १४:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।