नेपाल एयरलाइन्सले साउदीमै छाड्यो यात्रुको लगेज

नेपाल एयरलाइन्सले साउदीमै छाड्यो यात्रुको लगेज

काठमाडौं : नेपाल एयरलाइन्सले केही यात्रुको लगेज साउदी अरबको रियादमै छोडेको छ।

शुक्रबार रियादबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको आरएन २२० विमानले रियादबाट काठमाडौं आउँदा केही यात्रुहरूको लगेज उतै छाडेको हो।

एयरलाइन्सले उक्त छुटेको लगेज आइतबार राति १० बजे काठमाडौं ल्याउने बताउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यागेज ह्यान्डलिङ युनिटमा सम्पर्क राख्न भनेको छ।

एयरलाइन्सले मौसमको कारणले ‘पे लोड’ लागेर ‘अफ लोड’ हुन गएको बताएको छ।

NACको उडान नं RA 220 बाट रियाद देखि काठमाडौसम्म आउने केही यात्रुहरुको लगेज मौसमको कारणले Pay load लागेर Offload हुन गएको र सो छुटेको लगेज मिति ६ अगस्ट , २०२३ अर्थात भोलि बेलुका १० बजे काठमाडौ आइपुग्ने भएकोले TIA स्थित निगमको ब्यागेज ह्यान्ड्लिङ्ग युनिटमा सम्पर्क राख्न अनुरोध छ ।

— Nepal Airlines🇳🇵 (@NepalAirlinesRA) August 5, 2023

साउन २०, २०८० शनिबार १४:२८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।