घरायसी विवाद चर्किएपछि चक्कु हानेर श्रीमतीको हत्या
कञ्चनपुर : दोधारा चाँदनी नगरपालिकामा एक युवकले गए राति चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय दोधारा चाँँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउदका अनुसार दोधारा चाँदनी-७ का ३४ वर्षीय प्रेमबहादुर बुढाक्षत्रीले २१ वर्षीया द्रोपती बुढाक्षत्रीको हत्या गरेका हुन्।
प्रहरीले प्रेमबहादुरलाई घरबाटै नियन्त्रणमा लिएको छ।
'प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादमा श्रीमानले चक्कु प्रहार गरी हत्या गरेको देखिन्छ', प्रहरी निरीक्षक साउदले भने, 'घटनाबारे थप अनुसन्धान भइरहेको छ।'
चक्कु प्रहारबाट गम्भीर घाइते द्रोपतीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
साउन २०, २०८० शनिबार १२:३९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।