अशान्त बन्दै भारतको मणिपुर : २४ घण्टायता झडपमा परी ३ जनाको मृत्यु

अशान्त बन्दै भारतको मणिपुर : २४ घण्टायता झडपमा परी ३ जनाको मृत्यु

भारतको मणिपुरमा सुरक्षा बल र मेइती समुदायबीच २४ घण्टादेखि झडप जारी छ।

यस क्रममा तीन जनाको मृत्यु भएको छ। तेर्खोङसाङ्बी काङ्वे र थोरबुङमा यी हिंसात्मक झडप भएका छन्। यो क्षेत्र कुकी-मेइती बीचको सिमाना हो, जसलाई बफर जोन भनिन्छ। 

मृत्यु हुनेमा क्वाक्ता लम्ल्हाइका ४६ वर्षीय युम्नाम जितेन मैतई, ६७ वर्षीय युम्नाम पिशाक मैतई र ३९ वर्षीय युम्नाम प्रेमकुमार मैतई रहेका छन्। 

आक्रमणकारीहरूले बफर जोन पार गर्न खोजिरहेका थिए। सुरक्षाकर्मीले रोकेपछि उनीहरूबीच झडप भएको थियो। सो क्रममा गोलीबारी पनि भएको थियो। गोली चलेपछि सुरक्षा बलले जवाफी कारबाही गरेको थियो। 

तीन दिनअघि पनि मैतई महिला र सुरक्षाकर्मीबीच झडप हुँदा सुरक्षाकर्मीले महिलालाई तितरबितर पार्न स्मोक बम र अश्रुग्यास र हावामा फायर गरेका थिए। 

महिलाहरू पछि हटे पनि सयौं हतियारधारी र सुरक्षाकर्मीबी गोली हानाहान हुन सक्ने अवस्थामा पुगेको थियो। 

मणिपुरमा मे ३ देखि हिंसा जारी छ।

कर्णाटकको मणिपुर हिंसाविरुद्ध प्रदर्शन बैंगलोरमा महिलामाथि हुने अत्याचारको निन्दा गरिएको छ। त्यस क्रममा केन्द्र सरकारविरुद्ध शुक्रबार बैंगलोरमा मैनबत्ती प्रज्वलन गरिएको छ।

साउन २०, २०८० शनिबार १०:५१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।