जम्मु कश्मीरमा आतंकवादी हमला, तीन भारतीय सैनिकको मृत्यु

जम्मु कश्मीरमा आतंकवादी हमला, तीन भारतीय सैनिकको मृत्यु

जम्मु कश्मीरको कुलगाम जिल्लामा शुक्रबार साँझ आतंकवादी र सुरक्षा बलहरूबीच भएको भीडन्तमा घाइते भएका तीन जना सैनिकको मृत्यु भएको छ। 

उनीहरूलाई उपचारका लागि श्रीनगरको सैनिक अस्पतालमा भर्ना गरिएको थियो। तीनै जनाको उपचारको क्रममा राति मृत्यु भएको हो। 

अधिकारीहरूका अनुसार कुलगामको हलान मंजगाम जंगलमा तीन आतंककारी लुकेको सूचना पाएपछि सेनाले खोजी अभियान सुरु गरेको थियो। यसै क्रममा आतंककारीहरूले गोली चलाएका थिए। 

आतंककारीलाई पक्रन भारतीय सेनाले खोजी अभियान जारी राखेको जनाएको छ। 

मे ५ मा जम्मू कश्मीरको राजौरीमा आतंकवादीसँगको भिडन्तमा ५ सैनिकको मृत्यु भएको थियो। कान्दीको जंगलमा आतंकवादी लुकेको सूचना पाएपछि खोजी अभियान चलाइएको थियो। यस क्रममा सुरक्षा बल र आतंककारीबीच गोली हानाहान भएको थियो।
 

साउन २०, २०८० शनिबार १०:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।