भारत र वेस्ट इन्डिजका कप्तानलाई जरिवाना
अगस्ट ३ मा ट्रिनिडाडमा भएको पहिलो टी-२० खेलमा भारत र वेस्ट इन्डिजलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।
कम ओभर रेटका कारण भारतलाई म्याच शुल्कको ५ प्रतिशत जरिवाना गरिएको हो। यस्तै वेस्ट इन्डिजलाई न्यूनतम ओभर रेटभन्दा २ ओभर कम गरेकोमा १० प्रतिशत जरिवाना गरिएको छ।
म्याच रेफ्रीहरूको एमिरेट्स आईसीसी एलिट प्यानल रिची रिचर्डसनले क्रमशः एक र दुई ओभर छोटो भएको कारण दुवै कप्तानलाई दण्डित गरेका हुन्।
आईसीसी आचारसंहिताको धारा २.२२ अनुसार तोकिएको समयभन्दा बढी ओभर गरेमा ५ प्रतिशत जरिवाना हुनेछ। यो ५० प्रतिशतसम्म लागू हुन्छ। योभन्दा बढी जरिवाना गर्न पाइँदैन।
दुवै टोलीका कप्तान हार्दिक पाण्ड्या र रोभम्यान पावेलले ढिलो ओभर गरेका थिए। मैदानमा रहेका रेफ्रीरहरूले स्लो ओभर रेट पेनाल्टी लगाएका हुन्।
सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले भारतीय टोलीलाई ४ रनले पराजित गरेको थियो। टोलीले अन्तिम ३० बलमा ३७ रन बनाउन सकेन। यो हारपछि हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोली ५ खेलको शृङ्खलामा १-० ले पछि परेको छ। सिरिजको अर्को खेल अगस्ट ६ मा गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ।
साउन २०, २०८० शनिबार ०७:३०:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।