भारतमा पहिरोमा परेर तीन जनाको मृत्यु, सोह्र जना बेपत्ता

भारतमा पहिरोमा परेर तीन जनाको मृत्यु, सोह्र जना बेपत्ता

एजेन्सी : भारतकाे उत्तराखण्डमा पहिरोले पसल बगाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। अन्य १६ जना बेपत्ता भएका छन्।

केदारनाथ जाने बाटोमा गएराति खसेको पहिरोले ठूलो हताहतीको घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विपद् व्यवस्थापन अधिकारी नन्दनसिंह रजवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिरोमा परी पुरिएकाहरूको खोजी तथा उद्धारका क्रममा अहिलेसम्म तीन जनाको शव फेला परेको छ।’

उनले अगाडि भने, ‘हराइरहेका भनिएका बाँकी १६ व्यक्तिको खोजीका लागि उद्धार कार्य जारी छ।’

सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यमहरूमा देखाइएका तस्विरमा पसलको भग्नावशेष भिरालो पहाडमा छरिएर तल नदीसम्म पुगेको देखिएको छ। 

भारतमा जुन महिनामा वार्षिक मनसुन सुरु भएदेखि नै वर्षाको चपेटामा परेको छ र बाढी र पहिरोका कारण दर्जनौं व्यक्तिको मृत्यु भइसकेको छ।

गत महिना पश्चिमी राज्य महाराष्ट्रमा गएको भीषण पहिरोमा परी कम्तीमा २७ जनाको मृत्यु भएको थियो।

साउन १९, २०८० शुक्रबार २०:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।