क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई

क्विन्टल सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई

काठमाडौं : सरकारले एक क्विन्टल सुन तस्करीको अनुसन्धानको जिम्मा प्रहरीलाई दिएको छ।

बिहीबार साँझ भएको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्।

त्यसअवसरमा प्रधानमन्त्री दाहालले सुन तस्करीको थप अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्।

सुन तस्करी प्रकरण संगठित अपराध र अन्तदेशीय अपराध तथा आतंकवादी गतिविधिमा संलग्न गिरोहकोसमेत संलग्नता हुनसक्ने देखिएकाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत अनुसन्धान हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो।

हाल यो प्रकरणमा राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ।

राजस्व अनुसन्धान विभागले हालसम्म भएको अनुसन्धानको सम्पूर्ण कागजात हस्तान्तरण गरेपछि शुक्रबारदेखि नै अनुसन्धानको थप प्रक्रिया अगाडि बढ्ने सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

साउन १९, २०८० शुक्रबार १९:५१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।