‘तनस्का फेसन शो रनवे’मा दिपाश्री र सविता आउने

‘तनस्का फेसन शो रनवे’मा दिपाश्री र सविता आउने

विराटनगर : विराटनगरमा शनिबार आयोजना हुने ‘तनस्का फेसन शो रनवे’मा हास्य कलाकार तथा चलचि निर्देशक दीपाश्री निरौला र चर्चित मोडल सविता कार्कील आउने भएका छन्।

विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले आयोजना गरेको फेसन शो रनवेमा प्रमुख कलाकारका रूपमा निरौला र कार्की आउन लागेका हुन्।

फेसन शो मा तनस्का फेसन स्टुडियोका १२ जना डिजाइनरले तयार गरेका पहिरनको प्रदर्शनी हुनेछ। कलाकार निरौला र कार्की दुवै जना तनस्काको ड्रेस लगाएर ¥याम्पमा उत्रने तनस्का फेसन स्टुडियोका सञ्चालक बनिसा शर्मा कटेलले जानकारी दिइन्।

कलाकार निरौला र कार्कीसँगै २ पुरुष र १६ जना महिला गरी १८ जना मोडेलहरू ¥याम्पमा उत्रनेछन्।

गायिका सत्यकला राई र ¥यापर शैलेश निरौलाले पनि सांगीतिक प्रस्तुति दिने शोको विराटनगर महानगरकी उपप्रमुख सिल्पा निराला कार्कीले उद्घाटन गर्नेछिन्।

साउन १९, २०८० शुक्रबार १८:२८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।