सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीको अब सरुवा हुन्छ : मन्त्री मोदी

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीको अब सरुवा हुन्छ : मन्त्री मोदी

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यसलाई यथाशीघ्र मन्त्रिपरिषद्मा लैजाने बताए।

राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उनले सिंहदरबारलाई लामो समयदेखि अखडा बनाएर बसेका केही कर्मचारीको सरुवा र जिम्मेवारी पनि ज्येष्ठता तथा क्षमताका आधारमा अन्यत्र हुने स्पष्ट पारे। 

‘तीन सयभन्दा बढी स्थानमा लामो समयसम्म निमित्तको जिम्मेवारीमा रहेका स्थानीय तहमा कर्मचारी व्यवस्थापनको काम भइरहेको छ। अनुमानयोग्य कर्मचारी सरुवा मापदण्ड बनाउने कार्यलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ,’ उनले भने।

सरकारले अर्थतन्त्र सुधार, जनजीविकाका मुद्दा तथा विकास र समृद्धिको विषयलाई पनि उच्च महत्व दिएको जनाउँदै मन्त्री मोदीले देशमा पछिल्ला समय भएका विभिन्न घटनाका सम्बन्धमा सरकारले निष्पक्ष छानबिनका लागि निर्देशन दिंदै वातावरण बनाइरहेको जानकारी दिए।

साउन १९, २०८० शुक्रबार १६:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।