काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, अस्ट्रेलियाबिच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ : काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, अस्ट्रेलियाबिच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
शुक्रवार काठमाडौँ टेक्निकल स्कुलको सुकेधारास्थित कार्यालयमा स्कुलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दीपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष पौडेलले साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिस्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
क्राउन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी, अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौँ टेक्निकल स्कुलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरूको सहकार्य भएको बताएका थिए।
हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौँ टेक्निकल स्कुलका कर्मचारीलगायतको उपस्थिति थियो ।
साउन १९, २०८० शुक्रबार १६:४१:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।