झापा कारागारमा झडपसँगै आगलागी, व्यापक सुरक्षाकर्मी परिचालन

झापा कारागारमा झडपसँगै आगलागी, व्यापक सुरक्षाकर्मी परिचालन

झापा : झापाको भद्रपुरस्थित जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ। झडपसँगै कारागार भित्र आगलागी समेत भएको जानकारी प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार कैदीबन्दी सरुवाको विषयलाई लिएर एक आपसमा झडप भएको र सोही क्रममा आगलागी समेत भएको हो।

झडपका क्रममा कारागारभित्र आगलागी भएपछि अहिले आगो निभाउन दमकल परिचालन गरिएको छ। कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ भने, बाहिरबाट कारागार भित्रबाट धुवा उडिरहेको देखिन्छ।

अहिले कारागार परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। थप विवरण आउन बाँकी छ।

साउन १९, २०८० शुक्रबार १६:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।