मसानघाटको ओत लाग्ने टहरोमा नौ वर्षीया बालिका बलात्कृत

मसानघाटको ओत लाग्ने टहरोमा नौ वर्षीया बालिका बलात्कृत

बर्दिया : मसानघाटको ओत लाग्ने टहरोमा ९ वर्षीया बालिका बलात्कृत भएकी छन्।

बलात्कार आरोपमा प्रहरीले बिहीबार राति दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गेरूवा गाउँपालिका–६ नौरंगा बस्ने २१ वर्षीय रबिन थारु र सोही ठाउँ बस्ने १६ वर्षीय किशोर रहेका छन्।

उनीहरूले ती बालिकालाई मसानघाटको ओत लाग्ने टहरोमा बलात्कार गरेको ईलाका प्रहरी कार्यालय पाताभारमाले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

साउन १९, २०८० शुक्रबार १४:३५:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।