सरकारलाई दिएको समर्थन कायमै राख्ने जनमत पार्टीको निर्णय

सरकारलाई दिएको समर्थन कायमै राख्ने जनमत पार्टीको निर्णय

काठमाडौं : जनमत पार्टीले संघ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा. सिके राउतले वर्तमान सरकारलाई दिएको समर्थनमा निरन्तरता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले बताए।

बैठकले पार्टी संगठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय पनि गरेको छ। 

जनमत पार्टीले शुक्रबार स्थानीय जनप्रतिनिधि सम्मिलत पार्टी समन्वय बैठक बोलाएको छ। बैठकमा वडाध्यक्ष, नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहनेछ। 

साउन १९, २०८० शुक्रबार १४:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।