सुजुकीको ‘जिम्नी’ र ‘फ्रोन्क्स’ साउन २२ गतेदेखि नेपालभर उपलब्ध हुने

सुजुकीको ‘जिम्नी’ र ‘फ्रोन्क्स’ साउन २२ गतेदेखि नेपालभर उपलब्ध हुने

काठमाडौं : लामो समयदेखि प्रतीक्षा गरिएको सुजुकीका दुई एसयूभीहरु जिम्नी र फ्रोन्क्स अब साउन २२ गतेदेखि नेपाल भर उपलब्ध हुने भएको छ।

यस दिनदेखि सबै सुजुकी शोरुमहरुमा हेर्न र टेस्ट ड्राईभका लागी यी दुई गाडी उपलब्ध हुने कम्पनी जनाएको छ। यसै दिन नेपालका सबै सुजुकी शोरुमहरुमा जिम्नी र फ्रोन्क्स लन्च गरिने छ। 

कम्पनीका अनुसार जिम्नीको सुरुवाती मूल्य रू ५९ लाख ९९ हजारदेखि र  फ्रोन्क्सको मूल्य रू ३९ लाख ९९ हजारदेखि सुरु हुनेछ। 

 

नेपालका लागि सुजुकी ब्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकोप तथा सीजी नेक्सजेनले यी एसयूभीहरुको बुकिङ गत असार २९ गतेदेखि खुल्ला गरेको थियो।

५ ढोके सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतीक्षित एसयूभी मध्ये एक हो। सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो। यो हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसलाई पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ।

अफरोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश छन्। 

नयाँ सुजुकी फ्रोन्क्स भने नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रित एसयूभी हो। ‘द फेस अफ न्यु एसयूभी’ भनिएको यस सुजुकी फ्रोन्क्स आकर्षक र स्पोर्टी​​​​​​​​​​​​​​ देखिन्छ। 

प्रिमियम डिजाइन, नयाँ युगका फिचर्स र अत्याधुनिक सुरक्षित सुविधाहरुले यसलाई आरामदायी र सुरक्षित बनाएको छ।

साउन १९, २०८० शुक्रबार १२:०१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।