दोलखामा पहिरो जाँदा १५ महिने बालकको मृत्यु, तीन जना बेपत्ता

दोलखामा पहिरो जाँदा १५ महिने बालकको मृत्यु, तीन जना बेपत्ता

दोलखा : दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। 

गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो जाँदा स्थानीय यज्ञबहादुर थामीको १५ महिनाको नातिको ज्यान गएको हो। उनको शव फेला परेको र अन्य तीनजना हराइरहेका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए। 

पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर र उनकी श्रीमती रहेका छन्। पहिरोमा परी अन्य तीनजना घाइते समेत भएका छन्।

बेपत्ताको खोजीका लागि घटनास्थलमा हेलिकोप्टर पठाइएको छ। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन्। 

गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको छ।

साउन १९, २०८० शुक्रबार ११:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।