हार्दिक पाण्ड्याको कप्तानी रहेको भारत वेस्ट इन्डिजसँग पराजित, सामान्य लक्ष्य पनि भेट्टाएन

हार्दिक पाण्ड्याको कप्तानी रहेको भारत वेस्ट इन्डिजसँग पराजित, सामान्य लक्ष्य पनि भेट्टाएन

आईपीएल स्टारहरूले सजिएको भारतीय टोलीले बिहीबार राति वेस्ट इन्डिजविरुद्धको खेल गुमाएको छ। 

भारतले १५० रनको सामान्य लक्ष्य पनि पछ्याउन असफल भयो।

भारतको २०० औं टी-२० खेलमा वेस्ट इन्डिजले रोमाञ्चक ४ रनको जित निकाल्यो। 

भारतीय टोलीले अन्तिम ३० बलमा ३७ रन बनाउन सकेन। यो हारपछि हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको टोली ५ खेलको शृङ्खलामा १-० ले पछि परेको छ। सिरिजको अर्को खेल अगस्ट ६ मा गुयानाको प्रोभिडेन्स स्टेडियममा हुनेछ।

पोर्ट अफ स्पेनमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर १४९ रन बनाएको थियो।

जवाफमा टिम भारले ८ विकेटमा १४५ रन मात्रै बनाउन सक्यो। फास्ट बलर जेसन होल्डर प्लेयर अफ द म्याच भए। उनले १९ रनमा २ विकेट लिए। वेस्ट इन्डिजका तीन खेलाडीले समान २/२ विकेट लिएका थिए। 

भारतका तिलक वर्माले सर्वाधिक ३९ रन बनाएका थिए। 

साउन १९, २०८० शुक्रबार ०९:२३:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।