घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

घरमा कोही नभएको मौका छोपी किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

१५ वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोजेको आरोपमा सर्लाहीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

बागमती नगरपालिका वडा नं १० शंकरपुर टोल बस्ने ३२ वर्षीय नर बहादुर विश्वकर्मा नाम गरेका युवकले साउन १५ गते राति १० बजेको समयमा घरमा कोही पनि नभएको मौका छोपी जबर्जस्तीकरणको प्रयास गर्न खोजेका प्रहरीले जनाएको छ। 

जबरजस्ती करणी गरेको भन्ने सूचना पाएपछि गएको प्रहरी टोलीले साउन १७ गते उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट म्याद थपी थप अनुसन्धान गरिरहेको जनाएको छ। 

साउन १९, २०८० शुक्रबार ०८:३५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।