नेपालले पहिलो पटक वर्ल्ड साइक्लिङ च्याम्पियनसिपमा भाग लिँदै

नेपालले पहिलो पटक वर्ल्ड साइक्लिङ च्याम्पियनसिपमा भाग लिँदै

काठमाडौँ : नेपालले पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ।

साउन १७ देखि २८ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने प्रतियोगितामा एक-एक पुरुष र महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटीबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटीबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्।

यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी छन्।

टोली आइतबार स्कटल्याण्ड प्रस्थान गर्नेछ। 

१९ साउन, २०८०, ०७:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।