पत्रकारलाई आक्रमणको आरोप लागेपछि निलम्बित रास्वपा बझाङ संयोजकको निलम्बन फुकुवा

पत्रकारलाई आक्रमणको आरोप लागेपछि निलम्बित रास्वपा बझाङ संयोजकको निलम्बन फुकुवा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरेको छ।

पत्रकार सुनिल मण्डललाई आक्रमण गरेको आरोप लागेका उनीविरुद्ध पार्टीले गरेको छानविनमा दोषी नदेखिएपछि निलम्बन फुकुवा गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

पार्टीको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले रुपन्देहीमा पार्टी कार्यकर्ताबीच भएको झगडा संलग्न दामोदर खत्रीलाई तीन महिनाको लागि निलम्बन गरेको छ।

खत्री पार्टीमा फर्कन चाहेर सोही अनुसार योगदान गरेको पुष्टि भए तीन महिनापछि पार्टीले निलम्बन फुकुवा गर्ने निर्णय लिनसक्ने ढकालले जानकारी दिए।

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ। नियमावली पारित भएसँगै पार्टी हित विपरीत कार्य गर्नेका लागि अनुशासनको कारबाही गर्ने विधि तय भएको ढकालले जानकारी दिए।

बैठकले पार्टी दस्तावेज तयार गर्नका लागि १७ जनाको टोलीलाई गाउँ पठाउने निर्णय गरेको छ। टोली १५ दिन जनता माझ गएर मतदाताको अपेक्षा बुझ्ने ढकालले जानकारी दिए।

साउन १८, २०८० बिहीबार २२:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।