सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

सामाखुसीबाट हराएका बालकको शव दक्षिणकालीमा भेटियो

काठमाडौं : भारी वर्षापछि आएको बाढीका कारण काठमाडौंको सामाखुशी खोलाले बगाएर बेपत्ता भएका १३ वर्षीय साजन आलेमगरको शव बिहीबार दक्षिणकालीस्थित बागमती किनारमा फेला परेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बिहीबार बागमती किनारमा उनको शव फेला परेको जानकारी दिए। यही साउन ७ गते उनलाई सामाखुसी खोलाले बगाएको थियो।

त्यसपछि लगातार खोजी गर्दा पनि उनको अवस्था पत्ता लाग्न नसकेकामा ११ दिनपछि शव फेला परेको हो। स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ।

साउन १८, २०८० बिहीबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।