ओपो ए७८ नेपाली बजारमा सार्वजनिक, तोकियो मूल्य
काठमाडौं : ओपोले नेपाली बजारमा ए७८ माेबाइल फोन सार्वजनिक गरेको छ।
बिहीबार एक समारोहका बीच कम्पनीले फूल एचडी एमोलेड डिस्प्ले, डुअल स्टेरियो स्पिकर, ६७ वाटको सुपरभूक फास्ट चार्ज सुविधा भएको माेबाइल फोन सार्वजनिक गरेको हो।
मोबाइलमा ५ हजार मिलिएम्पाएरको ब्याट्रीका साथ महत्त्वपूर्ण अपग्रेडहरू दिइएको छ। यसमा भएको सुपरभूक फास्ट चार्जले ० देखि १०० प्रतिशत ब्याट्री ४४ मिनेटमै चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
१६ सयपटक चार्ज र डिस्चार्ज गर्नमिल्ने फोनको ब्याट्रीमा चार वर्षसम्म समस्या नआउने कम्पनीको दाबी छ।
६.४ इन्चको स्क्रिनमा ९० हर्ज रिफ्रेस रेट र १८० हर्ज टच स्याम्पल रेट भएको माेबाइलमा ६०० निट्सको ब्राइटनेस दिइएको छ। फोनको डिस्प्लेमै फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ भने ५० मेगापिक्सलको मुख्य क्यामेरा र नयाँ सुविधासहितका अन्य क्यामेराहरू पनि छन्।
ए७८ स्न्यापड्र्यागन ६८० प्राेसेसर रहेको फोनमा ८ जीबी र्याम र २५६ जीबीको स्टोरेज क्षमता छ साथै एसडी कार्डमार्फत एक टिबीसम्म स्टोरेज बढाउन सकिन्छ।
कम्पनीले नेपालमा फोनको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ।
साउन १८, २०८० बिहीबार २०:१८:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।