रुसको सहयोगमा ५ वर्षमा १२० वटा विद्युतीय रेल बनाउँदै भारत
एजेन्सी : भारतले १२० वटा विद्युतीय रेल उत्पादन गर्नका लागि रुससँग संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता गरेको छ।
लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन भारतीय कम्पनी रेल विकास निगम लिमिटेड र रुसको सबैभन्दा ठूलो रेल निर्माता कम्पनी ट्रान्सम्यास होल्डिङबीच सम्झौता भएको हो।
भारतमा बन्ने उक्त एउटा रेलको मूल्य एक अर्ब ४० करोड पर्नेछ। ‘बन्दे भारत’ नाम दिइएको ती रेलका अधिकांश डिब्बामा एसी जडान हुने छन् भने यात्रीलाई सुत्ने सुविधा रहनेछ।
सम्झौताअनुसार अबकोे पाँच वर्षभित्रमा रेल बनाइ सक्नुपर्नेछ। दुवै देशले लगानी गर्ने कम्पनीको नाम किनेट रेलवे सोलुसन्स लिमिटेड हुनेछ।
महाराष्ट्रको लातुरामा कम्पनी स्थापना गरेर निर्माण प्रारम्भ गरिनेछ। उक्त कम्पनीले नै ३५ वर्षसम्म कारखानाका उपकरण तथा रेलको मर्मत सम्भार गर्नेछ।
साउन १८, २०८० बिहीबार १७:३७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।