बदेल भगाउन राखेकाे तारमा करेन्ट लागेर एक जनाको मृत्यु

बदेल भगाउन राखेकाे तारमा करेन्ट लागेर एक जनाको मृत्यु

प्यूठान : बदेल भगाउन राखेकाे तारमा करेन्ट लागेर जिल्लामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झिमरुक गाउँपालिका-६ चिचिन्ने बस्ने ५४ वर्षीय धन बहादुर पुन रहेका छन्। उनलाई बिहीबार बिहान करेन्ट लागेको हो।

सोही गाउँपालिका-५ चुदारास्थित मकैबारीमा बदेललाई भगाउन राखिएको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ओखरकोटले जनाएको छ।

साउन १८, २०८० बिहीबार १७:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।