‘जीडब्लूएम ओरा ०३’ ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

‘जीडब्लूएम ओरा ०३’ ईभी किन्न प्रभु बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं : जीडब्लूएम सवारीसाधनका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले प्रभु बैंकसँग विद्युतीय गाडी ओरा ०३ को फाइनान्सिङ सुविधाको लागि सम्झौता गरेको छ। 

सम्झौता अनुसार जीडब्लूएमको इलेक्ट्रिक गाडी ओरा ०३ ईभी खरिद गर्न चाहने ग्राहकहरुलाई प्रभु बैंकले १२.०६ प्रतिशत ब्याज दरसहित अटो कर्जा प्रदान गर्नेछ।

अटो लोन फाइनान्सिङको लागि, बैंकले व्यक्ति र फर्म दुवैको लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउने छ। साथै यसको नियमित अधिकतम कर्जा अवधि ५ वर्षको भए पनि विशेष अवस्थामा  ७ वर्षसम्म बढाउन सकिने बताइएको छ। 

उक्त सम्झौतामा भिजी इम्पेक्स/ जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रेनु प्रसाद पाण्डेले हस्ताक्षर गरे।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको प्रभु बैंक शाखामा गएर आवेदन दिन सक्नेछन्।

साउन १८, २०८० बिहीबार १६:४८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।