संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित छ राजदूतकै नाम अनुमोदन

संसदीय सुनुवाइ समितिद्वारा प्रस्तावित छ राजदूतकै नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ राजदूतहरूको नाम अनुमोदन गरेको छ।

सरकारले विभिन्न देश र नियोगका लाथि सिफारिस गरेका ६ राजदूतको सुनुवाइ गर्दै समितिले अनुमोदन गरेको समिति सचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए।

संसदीय समितिले बुधबार तीन र बिहीबार तीन जनाको सुनुवाइ गरेको हो।

अनुमोदित भएका राजदूतको नाम सम्बन्धित देशमा एग्रिमोका लागि पठाइने र स्वीकृत भएपछि राष्ट्रपतिले नियुक्त गर्नेछन्।

साउन १८, २०८० बिहीबार १६:३९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।