दराजको एपमा थपियो ‘आस्क दराज’ च्याटबट सुविधा

दराजको एपमा थपियो ‘आस्क दराज’ च्याटबट सुविधा

काठमाडौं। ई-कमर्श प्लेटफर्म दराजले ग्राहकहरुको सपिङ अनुभवलाई सरल बनाउन एआई सञ्चालित च्याटबट ‘आस्क दराज’ लन्च गरेको छ। 

ओपन एआईको च्याट जीपीटीद्वारा संचालित आस्क दराजले प्रयोगकर्ताहरूलाई एआई च्याटबटसँग छलफल गर्न र सम्पूर्ण सपिङ प्रक्रियालाई सजिलो र छिटो बनाउने बताइएको छ। आस्क दराजले ग्राहकको विशेष आवश्यकताहरूको विश्लेषण गरेर त्यसमा आधारित सामानहरू सिफारिस गर्नेछ। 

यसले ग्राहकहरूलाई उच्चस्तरीय अनुभवहरू प्रदान गरेर अफलाइन र अनलाइन किनमेल बीचको जानकारीहरुलाई प्रस्ट पार्ने कम्पनीले जनाएको छ। 

दराजका प्रमुख कार्यकारी अधिकृत बि.आर. के मिकेलसेनले यो एउटा महत्त्वपूर्ण माइलस्टोन भएको र दराजले नयाँ बजार विस्तार गर्न टेक्नोलोजीको प्रयोग गरिरहेको बताए।

साउन १८, २०८० बिहीबार १६:१३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।