साताको अन्तिम दिन झिनो अंकले बढेर बन्द भयो शेयर बजार
काठमाडौं : काराेबार हुने साताकाे अन्तिम दिन बिहीबार शेयर बजार मापक नेप्से झिनो अंकले बढ्यो।
यसदिन नेप्से तीन अंकले बढेर २०८९.८४ विन्दुमा पुग्दा सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३९९.५४ को विन्दुमा पुग्यो।
एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँको काराेबार भएको यसदिन व्यापार उपसूचक समूहका लगानीकर्ताले सबैभन्दा धेरै १.८१ प्रतिशतले कमाए।
तेह्र उपसूचकमध्ये आठवटा उकालो लाग्दा पाँचवटा ओरालो झरे।
यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्दा प्रोगेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घट्यो।
साउन १८, २०८० बिहीबार १६:०३:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।