दक्षिण कोरियाको सीमा पार गरेका अमेरिकी सैनिक उत्तर कोरियाको हिरासतमा पुगेपछि...

दक्षिण कोरियाको सीमा पार गरेका अमेरिकी सैनिक उत्तर कोरियाको हिरासतमा पुगेपछि...

एक अमेरिकी सैनिक उत्तर कोरियाको हिरासतमा बन्दी भएका छन्। 

दक्षिण कोरियाबाट ती सैनिक उत्तर कोरिया पुगेका थिए। उत्तर कोरियाले अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको स्वीकार गरेको छ। 

उत्तर कोरियाले ट्राभिस किङ नाम गरेका ती सैनिकलाई हिरासतमा लिएको संयुक्त राष्ट्रसंघले बताएपछि उत्तरले यो स्वीकार गरेको हो। यूएन कमाण्डले भने सैनिक फिर्ता ल्याउन र थप विवरण दिन अस्वीकार गरेको छ। 

ट्राभिसले जुलाई १८ मा उत्तर कोरियाको सीमा पार गरेका थिए। यहाँ उनलाई उत्तर कोरियाका अधिकारीहरूले हिरासतमा लिएका थिए।

बीबीसी रिपोर्टअनुसार ट्राभिस नामका यी सिपाहीले दक्षिण कोरियामा आक्रमणको अभियोगमा दुई महिना जेल बसेका थिए। उनलाई चाँडै अमेरिका फिर्ता पठाइने तयारी गरिएको थियो। 

ट्राभिस बिनाअनुमति उत्तर कोरिया प्रवेश गरेका हुन्। संयुक्त राष्ट्र संघको कमाण्डका अनुसार ट्राभिस उत्तर कोरिया प्रवेश गर्दा दक्षिण कोरियाली टोलीसँग संयुक्त सुरक्षा क्षेत्रको भ्रमणमा पानमुनजोम गाउँमा पुगेका थिए।

यो त्यही गाउँ हो, जहाँ कोरिया युद्धपछि युद्धविराम भएको थियो। 

बीबीसीको रिपोर्टमा ट्राभिसले सेप्टेम्बरमा नाइटक्लबमा एक जना युवकलाई आक्रमण गरेको बताएको छ। उनले प्रहरीको गाडीमा तोडफोड गर्नुका साथै उनीहरूमाथि अभद्र भाषा प्रयोग गरेका थिए।

यस मुद्दामा उनलाई ३ हजार ९५० डलर जरिवाना गरिएको थियो। उनी दुई महिनाको जेल सजाय काटेर १० जुलाईमा रिहा भएका थिए। 

साउन १८, २०८० बिहीबार १५:१०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।