सेगवेका इलेक्ट्रिक स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा पाइने

सेगवेका इलेक्ट्रिक स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा पाइने

काठमाडौं : सेगवेका इलेक्ट्रिक स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध हुने भएको छ। 

सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आईहब प्रा.लिले सेगवे इलेक्ट्रिक स्कुटरहरुका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको हो।

जसअनुसार ५ लाख सम्मको फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदरको व्यवस्था छ। त्यसैगरी सजिलो फाइनान्सिङ, १८ महिनासम्मको सहज ईएमआई, निःशुल्क मर्मत र उपकरण, आकर्षक एक्सचेन्ज अफर र ग्राहक अनुकूल डाउनपेमेन्ट जस्ता सुविधा पनि कम्पनीले ल्याएको छ।

साउन १८, २०८० बिहीबार १४:५०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।