१८ वर्षीया किशोरी सुतिरहेकै कोठमा गएर बलात्कार

१८ वर्षीया किशोरी सुतिरहेकै कोठमा गएर बलात्कार

उदयपुर : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बेलका नगरपालिका-७ बस्ने २० वर्षीय मनोज शाशंखर रहेका छन्। उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाइ जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे छ।

साउन १८, २०८० बिहीबार १४:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।