यहाँ माथिका मान्छेहरू तानिन थालेपछि अर्को काण्ड ल्याइन्छः डा. शेखर कोइराला

यहाँ माथिका मान्छेहरू तानिन थालेपछि अर्को काण्ड ल्याइन्छः डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले ललिता निवास र सुन तस्करी प्रकरणमा ठूला भनिएकाहरूलाई जोगाउन खोजिएको छ सानालाई मात्र समातिएको आशय अभिव्यक्ति दिएका छन्। 

नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाको पदस्थापन गर्न बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले ठूला नेताहरूको नाम आउन थालेपछि अर्को काण्ड ल्याइएको आरोप लगाए। 

ललिता निवास प्रकरणको अनुसन्धान बढ्दै गए पनि ठ्याक्कै रोकिएको बताए। अनुसन्धान रोकिनुमा यस प्रकरणमा माथि कहीँ न कहीँ मानिस इनभल्प (समावेश) हुन सक्ने उनले आशंका व्यक्त गरे।   

'ललिता निवास जग्गा प्रकरण आयो, त्यो पनि अगाडि बढ्दै बढ्दै गयो। ठ्याक्क गएर रोक्छ। किन रुक्छ भने माथि कहीँ न कहीँ कोही न कोही मानिसहरू परिराख्या छ। अब यस्तो पनि कहीँ...', कोइरालाले भने, 'ऐन नियम कानुनमा हेर्नुस् तपाईंहरू एउटा शाखा अधिकृतले टिप्पणी उठाको हुन्छ। मन्त्रिपरिषद्मा लग्नुपर्यो भनेर भन्छ। त्यो शाखा अधिकृत चाहिने जेल गको हुन्छ। अनि सचिव भर्खर उसमा रिहा हुनुभएको छ। अनि तपाईंको जल्ले निर्णय गर्छ तिनीहरू चाहिने छुँदैन।'

ललिता निवसपछि सुन काण्डको प्रकरण आएको र यो पनि सामसुम हुने उनले आशंका जनाए। 'किनभने माथिल्लो कोही न कोही इनभल्प समावेश हुन्छ,' उनले भने। 

माथिल्ला तहका मान्छेहरू तानिएपछि अर्को काण्ड ल्याइने गरेको भन्दै सुनकाण्डमा पनि यही हुने उनले बताए। 

साउन १८, २०८० बिहीबार १२:०५:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।