'कपिल शर्माले शोका अरूलाई जनावरजस्तै व्यवहार गर्थे'

'कपिल शर्माले शोका अरूलाई जनावरजस्तै व्यवहार गर्थे'

भारतीय कमेडियन सुनिल ग्रोभरले कुनै बेलामा सहकर्मी अर्का कमेडियन कपिल शर्मामाथि आरोप लगाएका छन्। 

कमेडी नाइट्स विथ कपिल शर्मा शोबाट निकै लोकप्रियता पाएका सुनिल शोभन्दा पनि उनी कपिलसँगको झगडाका कारण चर्चामा आएका थिए। कपिलले शोका अरूलाई जनावरजस्तै व्यवहार गर्ने गरेका बताएका छन्। कपिलले एक पोस्टमार्फत सुनिलसँग माफी पनि मागेका थिए। 

सन् २०१७ मा 'गुट्ठी'को चरित्रबाट सुनिलले निकै लोकप्रियता पाएका थिए। जसका कारण शोको टीआरपीमा पनि उछाल आएको थियो। बढ्दो लोकप्रियताका कारण सुनिलले शोका निर्मातासँग पारिश्रमिक बढाउन माग गरेका थिए तर निर्माताले मानेका थिएनन्। जसका कारण सुनिलले शो छोडेका थिए। 

आज (अगस्ट ३) सुनिलको जन्मदिन हो। 

सुनिलले शो छाडेको केही समयपछि कपिल शर्माले टाइम्स अफ इन्डियासँग अन्तर्वार्तामा भनेका थिए, 'म यति भन्न सक्छु कि सुनिलले हाम्रो शो छोडेका छैनन्। हामी सबै यो सफल कार्यक्रमको एक हिस्सा हौं। सुनिल यस उद्योगमा आफ्नो स्थान बनाउन खोजिरहेका छन्। उहाँ मेरो सिनियर पनि हुनुहुन्छ। म उनको प्रतिभाको धेरै सम्मान गर्छु। म कसैको प्रतिभाप्रति असुरक्षित छैन, बरु म टोलीका प्रत्येक सदस्यलाई स्टेजमा आउन पूर्ण मौका मिलोस्, जसले गर्दा म केही आराम गर्न सकूँ भन्ने प्रयास गर्छु। सायद वरपरका केही व्यक्तिहरूले उनलाई शो छोड्न उक्साएको हुन सक्छ।'

साउन १८, २०८० बिहीबार १०:५१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।