नारायणी नदीमा हामफालेकी महिलाको उद्धारपछि मृत्यु

नारायणी नदीमा हामफालेकी महिलाको उद्धारपछि मृत्यु

चितवन : नारायणी नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

आज बिहान पौने ८ बजे नारायणी नदी पुलबाट अन्दाजी ४५ वर्षीयाले हामफालेकी थिइन्। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो।

नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो। महिलाको नाम थर र ठेगाना खुल्न सकेको छैन।

साउन १८, २०८० बिहीबार १०:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।