२०० औं अन्तर्राष्ट्रिय टी-२० खेल खेल्दै भारत, विराट र रोहितबिनै मैदान उत्रिँदै

२०० औं अन्तर्राष्ट्रिय टी-२० खेल खेल्दै भारत, विराट र रोहितबिनै मैदान उत्रिँदै

टेस्ट र एकदिवसीयपछि भारतीय टोलीले टी-२० सिरिजमा आफ्नो नजर राखेको छ।

वेस्ट इन्डिजविरुद्धको ५ खेलको शृङ्खलाको पहिलो खेल राति ८ बजेदेखि ट्रिनिडाड पोर्ट अफ स्पेनमा हुनेछ।

यो भारतको २००औँ अन्तर्राष्ट्रिय टी २० खेल हुनेछ। भारत २०० टी २० खेल्ने दोस्रो देश बन्नेछ। यसअघि पाकिस्तानले २०० खेल पूरा गरिसकेको छ।

पाकिस्तानले अहिलेसम्म कुल २२३ अन्तर्राष्ट्रिय टी-२० खेल खेलेको छ।

यो शृङ्खला भारतका लागि २०२४ विश्वकपको हिसाबले महत्त्वपूर्ण हुनेछ, किनकि २०२४ को टी–२० विश्वकप यहीँ खेलिने छ।

वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजमा भारत रोहित शर्मा, विराट कोहली, मोहम्मद शामी र मोहम्मद सिराजबिना खेल्नेछ। डोमिनिकामा १७१ रन बनाएर टेस्ट डेब्यू गरेपछि यशस्वी जैसवालले सम्भावित रूपमा डेब्यु गर्न सक्नेछन्।

यससँगै मुम्बई इन्डियन्सका शीर्ष ब्याट्सम्यान तिलक वर्माले पनि टीम इन्डियाबाट डेब्यु गर्न सक्नेछन्। वर्माले अब पाण्ड्यासँगै भारतको मिडल अर्डरलाई सम्हाल्नेछन्।

साउन १८, २०८० बिहीबार ०९:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।