राष्ट्रियसभा बैठक बस्दै, अवरोध गर्ने एमालेको तयारी

राष्ट्रियसभा बैठक बस्दै, अवरोध गर्ने एमालेको तयारी

काठमाठौँ : आज राष्ट्रियसभा बैठक बस्दै छ। दिउँसो १ बजे बैठक बस्ने कार्यसूची छ।  

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभा बैठक पनि चल्न नदिने अडान राखेको छ। 

सुनकाण्डमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको एमालेले संसद अवरुद्ध गर्दै आएको छ। यसअघि पनि एमालेले २ पटक प्रतिनिधिसभा बैठक सुरु नै हुन दिएको छैन। 

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले आज हुने राष्ट्रियसभा बैठक चल्न नदिने जानकारी दिएका हुन्। एमालेले यसअघि साउन ११ गते मिटरब्याजसम्बन्धी विधेयक पारित गर्न राष्ट्रिय सभा बैठक चल्न दिएको थियो। 

साउन १८, २०८० बिहीबार ०८:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।