'लगान', 'देवदास', र 'जोदा अकबर' फिल्मका कला निर्देशक देसाईले गरे आत्महत्या

'लगान', 'देवदास', र 'जोदा अकबर' फिल्मका कला निर्देशक देसाईले गरे आत्महत्या

बलिउडका कला निर्देशक नितिन चन्द्रकान्त देसाईले झुण्डिएर आत्महत्या गरेका छन्।

रायगड प्रहरीका अनुसार मृत्युको कारण झुण्डिएको भन्ने खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यसअघि खालापुर प्रहरीले नितिन देसाईको शव पोस्टमार्टमका लागि जेजे अस्पतालमा लगेको थियो। उनी महाराष्ट्रको रायगड जिल्लाको कर्जतमा रहेको स्टुडियोमा मृत अवस्थामा फेला परेका थिए। 

रायगढ एसपी सोमनाथ घार्गेले बुधबार राति देसाईको परिवारलाई उद्धृत गर्दै उनको अन्तिम संस्कार एनडी स्टुडियोमा हुने बताएका छन्।

स्टुडियोमा भेटिएका सामान बरामद गरी अनुसन्धान भइरहेको पनि उनले बताए। प्रहरीले उनको केयरटेकर र चालकको बयान समेत लिएको छ।

५७ वर्षीय देसाईले 'हम दिल दे चुके सनम' 'लगान', 'देवदास', 'जोदा अकबर' जस्ता फिल्ममा कला निर्देशन गरेका छन्। उनले चार पटक फिल्म फेयर अवार्डसमेत जितेका थिए। 

प्रहरीले नितिनको मोबाइलबाट अडियो क्लिप प्राप्त गरेको छ, जसमा ४ जनाको नाम उल्लेख छ। उनीहरूकै दबाबमा देसाईले आत्महत्या गरेको प्रहरीको आशंका छ। प्रहरीले उनीहरूको छिट्टै बयान लिने तयारी गरेको छ। 

साउन १८, २०८० बिहीबार ०८:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।