फेरि हार्यो रियल मड्रिड
प्रिसिजन टुरअन्तर्गत भएको खेलमा स्पेनी क्लब रियल मड्रिडले अर्को हार बेहोरेको छ।
क्याम्पिङ वर्ल्ड स्टेडियमा बिहीबार बिहान सकिएको खेलमा रियल इटालीको क्लब युभेन्ट्ससँग ३-१ गोलअन्तरले पराजित भएको हो।
युभेन्ट्सका मोइसे किनले खेल सुरु भएको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै ट्रिमोथी वेले २० औं मिनेटमा गोल थप्दा युभेन्ट्सले २-० को अग्रता बनायो। तर रियलका भिनिसियस जुनियरले ३८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
पहिलो हाफमा २-१ गोलअन्तरले पछि परेको रियलले निर्धारित ९० मिनेटपछि थपिएको अतिरिक्त समयमा थप एक गोल खायो। डुसान लाहोभिकले गोल गरेपछि युभेन्ट्सले खेल ३-१ गोलअन्तरले जित्यो।
रियल यसअघि बार्सिलोनासँग पनि ३-० गोलअन्तरले पराजित भएको थियो।
साउन १८, २०८० बिहीबार ०७:५०:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।